यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारको अतिरिक्त अस्पतालको काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :–
(क) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि उच्चस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने ।
(ख) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि राष्ट्रिय क्यान्सर रोग नियन्त्रण कार्यक्रम संचालन गर्ने ।
(ग) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि आवश्यक
(घ) क्यान्सर रोग सम्बन्धमा अध्ययन अनुसन्धान गर्ने, गराउने ।
(ङ) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको लागि स्वदेशी तथा विदेशी सरकारी तथा गैर सरकारी संस्थाहरूसंग सम्पर्क एवं समन्वय कायम राखी सो सम्बन्धमा राष्ट्रिय नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकारमा पेश गर्ने ।
(च) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको कार्यमा संलग्न निकायलाई वित्तीय तथा प्राविधिक सहयोग प्रदान गर्ने ।
(छ) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको कार्यमा विकिरण चिकित्सा पद्धति अपनाउँदा विकिरणयुक्त पदार्थको संचय, प्रयोग र
विस्थापन गर्दा तोकिए बमोजिमको सुरक्षात्मक उपाय तथा प्रविधिहरू अवलम्बन गर्ने ।
(ज) क्यान्सर रोगको रोकथाम, निदान र उपचारको कार्यमा छात्रवृत्ति पदक र पुरस्कारहरू प्रदान गर्ने ।
(झ) क्यान्सर रोगको दर्ता प्रणाली विकसित गरी नेटवर्क अस्पताल तथा सम्बद्ध संस्थाहरू मार्फत सेवा विस्तार गर्ने ।
(ञ) अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा बापतको शुल्कहरू तोक्ने र प्राप्त गर्ने ।
(ट) अस्पतालको सुप्रबन्ध गर्ने ।
(ठ) अस्पतालको निर्माण, विस्तार र मर्मत गर्ने ।
(ड) अस्पतालको सेवाको सुधार र विस्तारको लागि आवश्यक साधन र सुविधाको व्यवस्था गर्ने ।
(ढ) अस्पतालको वार्षिक प्रतिवेदन समिति मार्फत नेपाल सरकार समक्ष पेश गर्ने ।
(ण) अस्पतालको सम्बन्धमा भएका नीतिगत निर्णय र सोको कार्यान्वयनको सम्बन्धमा आवधिक रूपमा नेपाल सरकारलाई जानकारी गराउने ।
(त) अस्पतालको उद्देश्य पूरा गर्न अन्य आवश्यक कार्यहरू गर्ने, गराउने ।